५ जेष्ठ २०८१, शनिबार 1716036075
विश्व

भारतीय सेनाको गाडी दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

काठमाडौं । भारतीय सेनाको गाडी दुर्घटना हुँदा नौ सैनिकको ज्यान गएको छ । भारतीय सेनाको गाडी शनिवार साँझ लद्दाखमा दुर्घटना भएको हो ।

दुर्घटनामा ९ सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको समाचारमा उल्लेख छ । गाडीमा १० सैनिक सवार थिए । सेनाको गाडी एउटा गहिरो खाल्डोमा खसेको थियो ।

दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायतले दुख व्यक्त गरेका छन् ।