५ जेष्ठ २०८१, शनिबार 1716034226
Banner

भारतले मूल्य बढाएसँगै नेपालमा पनि बढ्यो प्याजको मूल्य

काठमाडौं । भारतले प्याजको निर्यातमा महसुल बढाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको हो ।

भारतको यो कदमसँगै नेपालका हाटबजारमा प्याजको मूल्य महँगो भएको छ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्ने गरेको छ ।

भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।

केही दिनयता आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि यस्तो निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन् । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।