२१ बैशाख २०८१, शुक्रबार 1714742484
Uncategorized

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मदन–आश्रित कलेजद्वार वृक्षरोपण

काठमाडौं । अन्तर्राष्ट्रि युवा दिवसको अवसरमा मदन आश्रित स्मृति प्रतिष्ठानले आफ्नो हाताभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
सो क्रममा धू्पी, कपूर, लप्सी, कागती, नास्पाती,ओखरलागयत सय विरुवा रोपिएको थियो ।

फुयालले शारीरिक र मानसिक श्रमलाई उत्तिकै सम्मान गर्नुपर्ने भन्दै यसमा मदन आश्रित कलेजको उत्तिकै भूमिका आवश्यक रहेको बताए ।

राजनेता मदनभण्डारी र जीवराम आश्रितको स्मरण गर्दै मदन आश्रित कलेजबाट उत्पादित जनशक्तिमा राष्ट्र रुपान्तरण गर्न सक्ने क्षमता रहोस् भनी चाहानासमेत व्यक्त गरे ।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँधूमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । तत्कालीन नेकाप एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

भण्डारी र आश्रितको दुर्घटनामा परी मृत्यु वा हत्या भनी टिका टिप्पणी हुँदै आएको छ । यद्यपि टुंगो भने लाग्न सकेको छैन । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले पार्टीको सिद्धान्तको मार्गचित्रको रुपमा लागू गर्दै आएको छ ।

कलेजका निर्देशक मधु तिमिल्सिनाले विश्व जलवायु परिवर्तन प्रसंग निकाल्दै जलवायु परिवर्तन जोखिम न्यूनीकरणका लागि वृक्षरोपण आवश्यक रहेको बताए । युवाले विश्व परिवर्तन गर्न सक्ने बताउँदै विद्यार्थीलाई अनुशासित बन्न आग्रह गरे । मदन–आश्रित कलेजबाट उत्पादित विद्यार्थी बजारमा उल्लेख्य मात्रमा रोजगार रहेको उनको भनाइ छ ।