४ जेष्ठ २०८१, शुक्रबार 1715955064
Banner

सुनील शर्मा पक्राउबारे के भन्छन् कांग्रेसका सांसद ?

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सुनील शर्माको पक्राउलाई लिएर आपत्ति जनाएका छन् ।

बैठकपछि पार्टीका सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचारका घटनाहरु इमान्दारितापूर्वक खोलिएको हो भने कांग्रेसको आपत्ति नहुने बताए । तर, पार्टी हेरेर कारवाही गरियो भने स्वीकार्य नहुने उनको भनाइ थियो ।

२०६४ सालपछि भएका सबै भ्रष्टाचारजन्य घटनाहरुको छानविन हुनुपर्ने बताउँदै पौडेलले क्यान्टोनमेन्टको भ्रष्टाचार पनि छानबिन हुनुपर्ने बताए ।

कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले पनि अहिलेकै समयमा सुनिल शर्मा पक्राउ पर्नुले आशंका जन्मिएको बताए ।

उनले भने, ‘२७ वर्षपछि जब उहाँले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा गर्नुभयो, यो केस कि तात्यो रु योभन्दा अघि के हेरेर बसेका थिए कारवाही गर्ने निकाय रु अलि दिन पर्खेको भए के जान्थ्यो रु सुनील शर्मा भागेर जाने मान्छे त होइन । यो कारवाही प्रतिशोधात्मकरुपमा गरिएको आम धारणा छ ।’

सांसद सुनील शर्मालाई म्याद थपका लागि सरकारी वकीलको कार्यालयमा लगिएको छ ।

सरकारी वकिल कार्यालयमा लगेपश्चात उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिनेछ । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले पक्राउ गरेको थियो । उनी हिजो नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ परेका थिए ।

यसै क्रममा आज नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र धरपकड गरिरहेको भन्दै असन्तुष्ट प्रकट भएको छ ।

संसद भवनको ल्होत्से हलमा आयोजित दलको बैठकमा सांसद उदयशमसेर जबराले अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको बताए ।