३१ बैशाख २०८१, सोमबार 1715634290
Banner

संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।

उनले भने, ‘हामीले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिकरूपमा पत्र दर्ता गराएका छौं ।’