३१ बैशाख २०८१, सोमबार 1715626291
Banner

साततले खोला उत्खननका लागि डोजर लिएर पुग्यो काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका कपनको खहरे खोला उत्खननका लागि साततले पुगेको छ ।

डोजर लिएर बुधबार सो खोला उत्खननका लागि महानगर पुगेपछि महानगर प्रहरी र स्थानीयबीच तँछाड र मछाड भएको थियो । सो पश्चात् काठमाडौं महानगर र बूढानीलकण्ठबीच त्रिपक्षीय नापजँच गरेर मात्रै खोला उत्खनन् गर्ने सहमति भएको थियो । सोपश्चात् हिजै सो खालोको नापजाँप गरिएको थियो ।

आजै महानगर डोजर लिएर खोला उत्खनन्का लागि सात पुगेको छ । तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।

बूढानीलकण्ठ नगरपालिका भने छलफल बिना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ । नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र साह ९बालेन०सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए ।

नापी विभगमा मेयर नआएपछि जिसस काठमाडौंको छलफलपछि मात्रै निर्णय आउने उनले बताए । खहरे खोलाको अधिकांश स्थान पर्ने बुढानिलकण्ठ नगरपालिका १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं महानगरपालिका वार्तबाट भागेको बताए ।