५ जेष्ठ २०८१, शनिबार 1716074013
अपराध

नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन : पक्राउ पर्ने ७ पुग्यो

काठमाडौँ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका अर्का १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट पक्राउ गरेको हो । आज बिहान कुलेश्वरबाट इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि पक्राउ गरिएको छ ।

बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो । आज २ जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा।एरिना शाह रहेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको थियो। अपरेशनको कमान्ड डिएसपी डा।तपन दाहालले गरेका छन् । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरुद्धको अपरेसन ‘क्वाक’कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरुद्ध कारबाही सञ्चालन गरिएको जनाइएको छ।

ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको छ।