४ जेष्ठ २०८१, शुक्रबार 1715956682
Banner

सीआईबीको फोक्सट्रोट चार्ली अपरेशन : डा.श्रद्धा शिल्पकार पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ पुगेको हो ।

ब्युरोले बिहीबार यसमा कांग्रेस सांसद् सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् ।

बिहीबार सीआईबीले शर्मासहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, रौतहटका डा.रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाण पत्र बाहक चिकित्सकहरूमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।

ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ६ जना पक्राउ परेका हुन् ।राजधानीसहित विभिन्न जिल्लामा कार्यरत उनीहरुको खोजी जारी रहेको अधिकृतहरूले बताएका छन् ।