३१ बैशाख २०८१, सोमबार 1715593723
राजनीति

काठमाडौँ महानगरपालिकाका र बूढानीलकण्ठ सीमामा पर्ने साततले खोलाको नापजाँच सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाका र बूढानीलकण्ठको सीमानामा पर्ने साततले एरिया भएर बग्ने खहरे खोलाको नापजाँप सुरु भएको छ ।
मेयर बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने नाँपजाँचपछिमात्रै टुंगो लगाउने सहमति भएपछि सोहीबमोजिम नापजाँच सुरु भएको हो ।

त्यसका लागि बिहीबारबाटै सो क्षेत्रमा मालपोत कार्यालय चाबहिलका प्रतिनिधिसहित, काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका अमिनले नाँपजाँच सुरु गरेका छन् ।

काठमाडौँ महानगरपालिका कुनै सल्लाह नै नगरी सो क्षेत्रमा बिहीबार डोजरसहित पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप नै भएको थियो । खोला आसपासका स्थानीयले आफ्ना भौतिक संरचनामा महानगरले एक्कासी डोजर चलाउन थालेपछि विरोध गरेका थिए ।

Tags :