२० बैशाख २०८१, बिहीबार 1714635391
Uncategorized

सभागृहमा हुने कार्यक्रममा सबै कर्मचारीलाई औपचारिक पोसाकमा उपस्थित गराउन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार गरेको एक सय दिन पुगेको उपलक्ष्यमा सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई औपचारिक पोसाकसहित अनिवार्य उपस्थित हुन निर्देशन गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन उनले यस्तो निर्देशन दिएका हुन् ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवा प्रवाहमा असर नपर्ने गरी एप्रोन तथा सरकारी पोसकमा अनिवार्य उपस्थित हुन परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

Tags :