२२ बैशाख २०८१, शनिबार 1714855506
विश्व

आसन्न राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

काठमाडौं । इक्वेडरमा आसन्न राष्ट्रपतिका एक उम्मेदवार तथा सांसद फर्नान्डो भिल्लाभिसेन्सिको गोली हानी हत्या गरिएको छ ।

विभिन्न सञ्चारमाध्यमअनुसार उनी आफ्नो चुनावी अभियानका क्रममा बुधबार आफ्नो सवारी साधन चढ्ने क्रममा एक व्यक्तिले चलाएको गोली लागि उनको मृत्यु भएको हो ।

गोली उनको टाउकोमा लागेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनीमाथि तीनपटक गोली प्रहार गरिएको थियो । इक्वेडरमा आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरण चुनाव हुँदैछ ।

भिल्लाभिसेन्सिओको चुनावी अभियान पनि सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धतामा केन्द्रित थियो। यसअघि पत्रकारितामा संलग्न रहँदा उनले यिनै विषयमाथि लेख्थे। उनी पर्यावरणीय क्षति पनि कम होस् भन्ने चाहन्थे।

गत साता पूर्व पत्रकार भिल्लाभिसेन्सिओले आफू र आफ्नो समूहलाई लागु औषध ओसार प्रसारमा संलग्न गिरोहका नेताले धम्की दिएको बताएका थिए।

Tags :