२१ बैशाख २०८१, शुक्रबार 1714718934
Banner

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान तयार


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने भएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

नागरिक उन्मुक्तिका नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले सरकारमा सहभागी हुन लागेको बताए ।

नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने नेता चौधरीले जानकारी दिए ।

यसअघि सोमबार पनि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका थिए ।