२१ बैशाख २०८१, शुक्रबार 1714724644
Banner

मधेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

उहाँले आज कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त गर्नुभएको छ ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

आजै मधेश प्रदेश सरकारका दुईजना मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पदबाट राजीनामा दिनुभएको थियो । विनाविभागीय जिम्मेवारीमा रहनुभएका जनमतबाट मन्त्री बन्नुभएको दुईजनाले राजीनामा दिनुभएको थियो ।

मधेश सरकारले आज छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेको हो । योसँगै मन्त्रीपरिषदले पूर्णता पाएको छ ।