२२ बैशाख २०८१, शनिबार 1714838707
Banner

अमेरिका भन्छ : नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपाल विदेशी लगानीकर्ताहरुको लागि नेपाल एउटा अवसर भएको बताएको छ ।

मन्त्रालयले गत साता सार्वजनिक गरेको ‘लगानी वातावरण २०२३’ नामक वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको हो ।

“भारत र चीनको बीचमा रहेको नेपाल विदेशी लगानीकर्ताका लागि अवसर हो,” अमेरिकी प्रतिवेदनमा भनिएको छ, “नेपालसँग प्राकृतिक स्रोतहरु पनि छन्, जसको व्यावसायिक सम्भावना छ ।”

खासगरी ऊर्जा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि (आईसीटी), पूर्वाधार र कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

नेपालले विदेशी लगानी आकर्षित गर्ने आफ्नो चाहना सार्वजनिक रूपमा व्यक्त गर्दै आए पनि यसको अर्थपूर्ण अभ्यास गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

जलविद्युत् क्षेत्रमा अनुमानित ४० हजार मेगावाट उत्पादन क्षमता नेपालसँग रहेको जनाइएको छ । विद्युत् निर्यातलाई नेपालले आम्दानीको प्रमुख स्रोत बनाउन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

सम्भावित लगानीको अवसर प्रदान गर्ने अन्य क्षेत्रहरूमा कृषि, पर्यटन, आईसीटी क्षेत्र र पूर्वाधार समावेश छन् । महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र बिस्तारै बाहिर निस्किरहेको जनाइएको छ ।

नेपालले देशमा व्यवसाय गर्न इच्छुक लगानीकर्ताहरूलाई अवसरहरू प्रदान गर्ने प्रतिवेदनमा बताइएको छ । ‘हालैका वर्षहरूमा नेपालले केही लगानीमैत्री कानुन र नियमहरू बनाएको छ । तर लगानीका लागि केही अवरोधहरु भने छन्,’ प्रतिवेदनमा भनिएको छ ।

Tags :