६ जेष्ठ २०८१, आईतवार 1716117728
Banner

मुग्लिङ–नारायणगढ सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

चितवन । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ । बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।