५ जेष्ठ २०८१, शनिबार 1716058523
विश्व

भारतको महाराष्ट्रमा गएको पहिरोमा परी २७ जनाको मृत्यु

मुम्बई- भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । पहिरोमा परी अरु साठी जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा भारी वर्षासँगै खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

“हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका छौँ, करिब ६० जना अझै बेपत्ता छन्,” आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगडका जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।

मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए ।