२३ बैशाख २०८१, आईतवार 1714919915
Banner

सुन तस्करमा गृहमन्त्री र पूर्वसांसदको संलग्नता रहेको सांसद भट्टराईको आरोप

काठमाडौं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्। सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छली भएको छ,’ उनले भने, यो एक, डेढ महिना यही प्रक्रियाबाट चारपाँच पटक भित्रिएको भन्ने सुनिएको छ। अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन। हेर्न बाँकी छ।’

यस्तै, उनले हाम्रो देशमा तस्करहरूले राज्य संचालनमा हस्तक्षेप त गरिरहेका छैनन् भनी आशंका व्यक्त गरेका छन् ।

‘बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ,’ उनले भने, ‘पावरमा भएकाहरू जोडिँदासमेत छानबिन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।’

Tags :