४ जेष्ठ २०८१, शुक्रबार 1715931340
Banner

बरामद गरिएको सुन जोख्न राष्ट्र बैंक पठाइयो


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरीसकेपछि बरामद गरिएको सुन जोख्नका लागि राष्ट्र बैंक पठाइएको छ । सुनको नापतौल लिन राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो ।

राजश्व अनुसन्धान विभागको टोलीले मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाई छिपाई ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट बरामद गरेको थियो । बरामद सुनको परिमाण कति हो भन्ने एकिन भएको छैनन् । त्यसैले विभागले सुन तौलिन आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरिएको छ । यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।