६ जेष्ठ २०८१, आईतवार 1716130759
Banner

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा । आज बागमती प्रदेशसभाको बैठक बस्दै छ। प्रदेश सभा भवन, हेटौंडामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । गत असार १ मा प्रदेश सरकारले पेश गरेको आगामी आथिर्क वर्षको बजेट माथिको छलफल अझै पनि सुरु हुन सकेको छैन् । विपक्षी दलहरु नेकपा एमाले र राप्रपासँग समझदारी कायम गरेर आजको बैठक सुचारू गराउने प्रयास गरिएको प्रदेश सरकारले जनाएको छ ।

उक्त विनियोजन विद्येयकमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा प्रतिपक्षी दलहरुले लगातार अवरोध गरेपछि ३ दिनका लागि रोकिएको थियो । उनीहरूले बजेट विभेदकारी रहेको आरोप लगाउँदै आएका छन् ।

आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा प्रदेश सरकार रहेको बताइएको छ ।