६ जेष्ठ २०८१, आईतवार 1716140829
Banner

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आज लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिए ।

उडान स्थगित गरी आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । भोलि सोमवारदेखि सबै उडान सञ्चालन गरिनेछन् ।

शनिवार काठमाडौंबाट धनगढीका लागि ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ ।