२० बैशाख २०८१, बिहीबार 1714644841
Banner

भरतपुर महानगरको आव २०८०/८१ को बजेट सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गरेको छ ।

महानगरको आइतबार बसेको बैठकमा उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट बजेट सार्वजनिक गरेका हुन् ।

यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतको रुपमा लिएको छ ।

भरतपुर –पोखरा (लुम्बिनी (गोल्डेन ट्रयांगल) पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याउने, पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा लगायतको पर्यटन तथा उद्योग बाणिज्य सम्बन्धि नीति कार्यान्वयन गर्नको लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै पर्यटन वर्ष सन् २०२४ कार्यान्वयनको लागि संघ तथा बागमती प्रदेश सरकारसँग साझेदारी गरिने महमानगरले बताएको छ । जसको लागि २ करोड बजेट प्रस्ताव गरिएको छ ।

Tags :