४ जेष्ठ २०८१, शुक्रबार 1715942495
शिक्षा /स्वास्थ्य

असार १८ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार १८ गतेभित्र २०७९ को एसईई नतिजा प्रकाशनका लागि तयारी गरेको छ ।

कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनः जाच्ने काम भइरहेको छ ।

यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको गोदारले बताए ।

सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।

२०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

Tags :