५ जेष्ठ २०८१, शनिबार 1716091098
खेलकुद

नेपालले घरेलु टिम जिम्बावेविरूद्ध ब्याटिङ गर्दै

काठमाडौं । आजबाट सुरु आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

घरेलु टिम जिम्बावेले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेल्दैछ।खेल जिम्बावेमा हुँदै छ ।

नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।
नेपालले यसअघि जिम्बावेविरुद्ध खेलेका दुई खेललाई एकदिवसीय मान्यता थिएन। दुवै खेलमा नेपाल पराजित भएको थियो।

नेपालले जिम्बावेविरुद्ध देखाउने खेलले प्रतियोगिताभर खेललाई असर गर्नेछ। एकदिवसीय वरीयतामा जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ।

Tags :