२१ बैशाख २०८१, शुक्रबार 1714719317
Banner

कालीमाटीमा ४ रुपियाँमा पनि गोलभेँडामा नबिकेपछि किसान आन्दोलित

काठमाडौं । तरकारी बजार कालीमाटी अगाडि किसानले गोलभाडा फालेका छन् ।

उचित मूल्य नपाएको भन्दै कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् ।

नेपाली बजारमा भारतीय गोलभेडा ४० रुपियाँमा विक्री भएको, तर नेपाली किसानको गोलभेँडा प्रतिकेजी ४ रुपैयाँमा पनि विक्री नभएको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।

यस्तै, कलिमाटी फलपूल तथा तरकारी बजारले पनि नेपाली किसानको गोलभेँडा विक्री नभएको बताएको छ ।

टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो टमाटर तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।

अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।

Tags :