१४ बैशाख २०८१, शुक्रबार 1714170810
पर्यटन

सफा हिमाल अभियानमा आङकाजी शेर्पासहित, तीनजनाको निधन

काठमाडौ । सफा हिमाल अभियान-२०२३ मा सहभागी ओखलढुंगा स्थायी बासिन्दा शेर्पा सरदार आङकाजी शेर्पाको दुःखद निधन भएको छ । 

विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका स्वर्गीय शेर्पाले सगरमाथाको क्याम्प-२ मा क्याम्प म्यानेजर तथा कुकको जिम्मेवारी निर्वाह गरिरहनु भएको थियो । 

आरोहण तथा सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत हुनु भएका शेर्पाको पार्थीव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम पश्चात सम्बन्धित परिवारलाई बुझाएको छ ।

सफा हिमाल अभियानका दुईजना महत्वपूर्ण सहभागी शेर्पा सहयोगीको पनि सगरमाथा इलाकामा दु:खद निधन भएको नेपाली सेनाले जनाएको छ ।