५ जेष्ठ २०८१, शनिबार 1716077279
Banner

३२ जनालाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो सरकारी वकिललाई प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिवेदनको फाइल प्रहरीले सरकारी वकील कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकील कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

चैत १२ देखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो । अहिलेसम्म प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पक्राउ गरिसकेको छ । यो घटनामा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीको छ ।

सरकारी वकिल कार्यालयका अनुसार पक्राउ परेकाहरुलाई ठगी र संगठित अपराध, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।