२३ बैशाख २०८१, आईतवार 1714890802
शिक्षा /स्वास्थ्य

धनगढीमा एक डाक्टर मृत फेला

काठमाडौं। धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका-५ हसनपुर निवासी २६ वर्षीय डा.प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।