२१ बैशाख २०८१, शुक्रबार 1714775157
Banner

वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो ।

खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।