१४ बैशाख २०८१, शुक्रबार 1714132334
Banner

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा उषाकिरण भण्डारी सचिवमा पेम्बा लामा चयन (नामावलीसहित)

काठमाडौं । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा पुन उषाकिरण भण्डारी चयन हुनुभएको छ । आज काठमाडौंको नयाँ बाँनेश्वर थापागाँउस्थित बानेश्वर वैंक्वेटमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुनः अध्यक्षमा चयन हुनुभएको हो । सम्मेलनले फाउन्डेसनको सचिवमा पेम्बा लामा,कोषाध्यक्षमा चिन्तामणी भट्टराईसहित ४१ सदस्य कार्यसमिति गठन गरेको छ ।

तीन वर्षका लागि गठन भएको फाउन्डेसनको केन्द्रीय कार्य समिति सदस्यहरूमा डा. भेषराज अधिकारी, प्रा.डा. प्रेमसागर चापागाईँ,प्रा डा. शकर भण्डारी,महेन्द्रबहादुर पाण्डे,शुशील प्याकुरेल,डा. बिमला राई पौडेल, डेगेन्द्र पाण्डे रहनुभएको छ ।

त्यसैगरी टिका ढकाल, कृष्णप्रसाद भण्डारी,रामशरण प्याकुरेल,घनश्याम कोइराला मिलनराज धरेल,अमरध्वोज लामा,डा. कुन्दन अर्याल,डा कैलाश भण्डारी, डा. कालु सि खत्री,डा. सुरेश तिवारी,मिना भण्डारी हुनुहुन्छ । त्यसैगरी ,गोपाल गुरागाईँ, खेमराज पोखरेल,मञ्जु चौधरी,राज मोहम्मद राय,बिना शाह,सरोज यादव,शिवकुमारी गोतामे,सरिता न्यौपाने,खेम लोहनी,बालकृष्ण शिवाकोटी,गोपाल श्रेष्ठ, दिपक सुवेदी,रामशरण ढुङ्गाना, दामोदर वैरागी केन्द्रीय कार्यसमितिसदस्यमा चयन हुनुभएको छ ।

त्यसैगरी डा. निर्मल विश्वकर्मा, बलबहादुर आचार्य, रामबहादुर राउत,मिना बुढा,टिका विष्ट,प्रा।डा। नन्दबहादुर सिं,हरदेव जोशी,सरस्वती नेपाली र किशोरचन्द्र दुलाल पनि फाउन्डेसनको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । एक जना केन्द्रीय सदस्य भने पछि थपिने गरी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन शनिवार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो ।