७ बैशाख २०८१, शुक्रबार 1713512767
समाचार

ललितपुरबाट ११ जना जुवाडे पक्राउ

ललितपुर । जुवा खेल्ने तथा खेलाउने कार्यक्रमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ललितपुर महानगरपालिका वडा नम्बर ८ मा जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरुको साथबाट ७ लाख ४८ हजार नगदसहित तास, कौडालगायत पनि बरामद भएको बताइएको छ । प्रहरीले अभियुक्तहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।