४ जेष्ठ २०८१, शुक्रबार 1715956490
Banner

विना निम्तो वर्षमानको पारिवारिक जमघटमा पुगेका हवल्दार प्रकाश पुन

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार नयाँ वर्षको पारिवारिक जमघट थियो। रोल्पाका छिमेकी समेत रहेका प्रहरी हवल्दार प्रकाश पुन मगर पनि त्यहाँ गोली जनाएको प्रहरी जनाएको छ ।

नेता पुनको भाइको साथी पनि भएकाले प्रहरी पुन प्रायः वर्षमानको घरमा गइरन्थे । शुक्रबार पनि त्यही भएर उनी वर्षमानको घरमा गएका थिए । प्रहरी पुनले वर्षमानको आमालाई हजुरआमा भन्थे ।

कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका उनी ड्यूटी सकेर त्यहाँ पुगेका थिए । साथमा पेस्तोल लिएरै गएका थिए ।

प्रहरीका अनुसार, विशिष्ट व्यक्ति सुरक्षामा खटिने सुरक्षाकर्मीलाई जुनसुकै बेला हतियार चाहिन सक्ने हुनाले स्थायी रुपमा दिने गरिन्छ । त्यहाँ हवल्दार मगरले मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा विवाद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

‘विवादबीच आफूसँग भएको पेस्तोल निकालेछन्, त्यसक्रममा एक्कासी पड्किएको जस्तो देखिएको छ’, ती अधिकृत भन्छन् ।

नेता पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । गोली लागेलगत्तै हवल्दार प्रकाश त्यहाँबाट भागेको स्रोतले जनाएको छ । घटना शुक्रबार बेलुकी साढे ९ बजेको भए पनि प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो । त्यसपछि खटिएको टोलीले उनको कोठाबाट प्रकाशलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रकाशलाई प्रहरी प्रधान कार्यालय, नक्साल ल्याएर सोधपुछ भइरहेको छ ।