४ जेष्ठ २०८१, शुक्रबार 1715968548
Banner

प्रहरीको बयान, ‘नियतवस गोली चलाएको होइन’

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतबस गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले बताए । ‘दुर्घटनावश गोली चलेको हो’, उनले भनाइ उदृत गर्दै ती प्रहरी अधिकृतले भने ।

शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यसक्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।