२३ बैशाख २०८१, आईतवार 1714895978
Banner

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी जले

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ। आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन्। ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए।

‘क्षतिको विवरण संकलन भइरहेको छ। तर अहिलेसम्म ७ वटा चारपांग्रे र ६ वटा दुईपांग्रे गाडी जलेको विवरण प्राप्त भएको छ,’ डीएसपी साहले भने।

उनका अनुसार जलेकामध्ये केही इलेक्ट्रिक गाडीहरु पनि छन् । ती गाडीहरु सर्भिसिङमा ल्याइएका हुनसक्ने अनुमान छ।