३१ बैशाख २०८१, सोमबार 1715633865
Banner

मन्दी र कुशासनमा ब्रेक थ्रु गर्नुपर्ने छः स्वर्णिम वाग्ले

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले जनताले डेलीभरी राजनीति चाहेको बताएका छन्। 

रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले लामो समय व्यवस्था परिवर्तनको संघर्षमा बितेको र अब अवस्था परिवर्तन आवश्यक रहेको बताएका हुन्।

वाग्लेले भने, ‘नेपालको दुई तिहाई जनसंख्या १५ देखि ५९ वर्ष समूहको छ। नेपालको आधा जनसंख्या २५ वर्ष मूनिको छ। अहिले चाँडै नै विकासको गति रफ्तार गर्नुपर्ने छ।’ 

नेपाललाई छिटो बनाउन राजनीतिक प्रतिबद्धताको खाँचो रहेको बताए। वाग्लेले भने, ‘लगानीको माहोल बनाउनु अपरिहार्य छ। यो हाम्रो पुस्ताले गर्नुपर्नेछ। अहिलेको दुई वटा बाधक आर्थिक मन्दी र कुशासनमा ब्रेक थ्रु गर्नुपर्ने छ।’

वाग्लेले राजनीतिमा पैसाको भूमिकामा पनि प्रहार गर्नुपर्ने बताए। पुराना दलमा टिकट किन्ने प्रवृत्तिको हाबी रहेको वाग्लेको भनाइ छ। वाग्लेले भने, ‘मालदार मन्त्रालय पाउन त दशौं करोडको डिलिङ हुन्छ भन्ने छ। पैसाको रोलले हाम्रो राजनीति विकृत बनिरहेको छ। परिवारवादलाई बन्द गर्नुपर्नेछ।’