२२ बैशाख २०८१, शनिबार 1714849924
समाचार

नुवाकोट दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा शुक्रबार राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीकाअनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो ।

घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो। घाइते दशमध्ये ३ जनाको अवस्था गम्भीर छ।