१२ बैशाख २०८१, बुधबार 1714006087
राजनीति

सुराकी प्रणाली खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय गरेका छन्।

गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो निर्णय हो। गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरिचालन कार्यविधि, २०७८ खारेज गर्ने निर्णय गरेका हुन्।

उनले आफ्नो निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावको रूपमा लैजाने बताएका छन्।