२३ बैशाख २०८१, आईतवार 1714956360
Banner

सोमवारसम्म मन्त्रिपरिषद् बिस्तार गर्ने माओवादीको निर्णय

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ढिलोमा आगामी सोमवारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ ।

शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतवार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए ।

पौडेलले भने– सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । त्यस अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ । ढिलोमा सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने छ ।