५ जेष्ठ २०८१, शनिबार 1716085655
Banner

सरकार विस्तारबारे छलफलका लागि माओवादीको पदाधिकारी बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् ।

आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकले माओवादीको बटमलाइन तय गर्ने बुझिएको छ ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेका हुन् ।