१६ बैशाख २०८१, आईतवार 1714345855
Banner

राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक

काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गर्नु भएको हो। आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । 

यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियाे । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।