२२ बैशाख २०८१, शनिबार 1714871136
समाचार

आज नेपाल प्रहरीको आईजिपी नियुक्त हुँदै

काठमाडौँ । आज (शुक्रबार) नेपाल प्रहरीको आइजिपी नियुक्त हुने भएको छ । अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले आईजिपी नियुक्त गर्ने जनाइएको छ ।

आईजिपी नियुक्त गर्नकै लागि बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार सारिएको हो।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० मा (शुक्रबार) उनलाई बिदाइ गरिने छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपी पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय वसन्त कुँवर र श्यामलाल ज्ञवालीबीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।