१९ बैशाख २०८१, बुधबार 1714620719
समाचार

पहाडी भूभागहरूमा आंशिक बदली, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ। आगामी केही दिन देशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ।