१६ बैशाख २०८१, आईतवार 1714326849
राजनीति

नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक भएको टिप्पणी गरेका छन् । सरकारबाट बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्रीसहित उर्जा मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा सहभागी भएका राप्रपा केही दिनअघि मात्र सरकारबाट बाहिरिएको हो । लिङ्देनले सरकारमा रहँदा आफ्नो अनुभव सुनाउँदै ४ बुँदामा आफ्नो कुरा राखेका छन् ।

उनले देश कर्मचारीले भन्दा नेताले विगारेको, देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको र देश बनाउन सकिने अवस्थामै रहेको उल्लेख गरेका छन् ।