१९ बैशाख २०८१, बुधबार 1714545566
Banner

राष्ट्रपति चयनका बिषयमा आज प्रधानमन्त्री प्रचण्डले काँग्रेस र एमालेसँग निर्णायक वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेपाली काँग्रेस र नेकपा एमालेसँग राष्ट्रपति चयनका बिषयमा निर्णायक वार्ता गदै हुनुहुन्छ ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णय वार्ता हुन लागेको हो । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरू बहुपक्षीय छलफल गरिरहेको भए पनि कुनै सहमति जुट्न सकिरहेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ८ बजे कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताइएको छ ।

राष्ट्रपति निर्वाचनको मिति नजिँक्दै जाँदा शीर्ष नेताहरूको आन्तरिक छलफल तिब्ररुपमा भईरहेको छ । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ भने भोलि राष्ट्रपतिका उम्मेदवारको नाम दर्ता हुँदैछ ।