१४ बैशाख २०८१, शुक्रबार 1714144648
खेलकुद

राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग १ प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दैछन् । दिउँसो साढे १ बजेका लागि भेटवार्ताको समय तोकिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गरेको थियो । यसले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको थियो ।

नेपाली टिम अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।