१३ बैशाख २०८१, बिहीबार 1714106524
Banner

राष्ट्रपतिबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं । राष्ट्रपति पदको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए। नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ।