१६ बैशाख २०८१, आईतवार 1714335064
Banner

कांग्रेस सभापति देउवा र समाजवादीका अध्यक्ष नेपालबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सभापति देउवालाई भेट्न अध्यक्ष नेपाल धुम्बाराही पुग्नुभएको हो। 

अहिले धुम्बाराहीमा सभापति देउवा, समाजवादीका अध्यक्ष नेपालसहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर दड्का, महामन्त्री गगनकुमार थापा लगायतका नेताबीच राष्ट्रपतिको निर्वाचन र यसको उम्मेदवारको विषयमा छलफल चलिरहेको छ।

कांग्रेस वरिष्ठ नेता पौडेलका प्रेस संयोजक चिरञ्जीवी अधिकारीले बैठकमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ। 

उहाँले भन्नुभयो, “अहिले छलफल चलिरहेको छ। बैठकमा पार्टी सभापतिसहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री लगायतका नेताहरु सहभागी हुनुहुन्छ। राष्ट्रपतिमा हामीलाई सहयोग गर्नुस् भन्ने कुरा हो।”

कांग्रेसले राष्ट्रपति पदका लागि कुनै पनि उम्मेदवार निश्चित भइसकेको छैन। तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम ज्यादा सम्भावना रहेको उहाँको भनाइ छ।