१४ बैशाख २०८१, शुक्रबार 1714167566
राजनीति

बागमती प्रदेशको योजना आयोगमा डा.श्रेष्ठ र खनाल नियुक्त

काठमाडौं । बागमती प्रदेशको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा.दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा २ जनालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

बैंठकले यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा डा.होमनाथ चालिसे नियुक्त भएका थिए। यो सँगै आयोगले पूर्णता पनि पाएको छ।

बैठकले निजामती कर्मचारी सम्वन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत गरेको छ। बैठकले प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको छ।