२३ बैशाख २०८१, आईतवार 1714895095
Banner

सांसद भण्डारीको उपचार नेपालमा नहुने, विदेश लैजान अस्पतालको आग्रह

काठमाडौं । घरको ग्यास सिलिण्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनीकी आमाको उपचार नेपालमा सम्भव नभएको कीर्तिपुर अस्पतालले अस्पतालले जनाएको छ ।

उनीहरूको प्राथमिक तथा प्रारम्भिक उपचार पश्चात जलन सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ‘स्रोत र साधनको अवस्थामा उनीहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ।’ अस्पतालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

सांसद भण्डारीको अनुहार, दुवै गोडाहरुमा गरी २५-३० प्रतिशत भाग जलेको र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हावा र धुवाँको कारणले जलन भएकोहुन सक्ने अत्यधिक सम्भावना देखिएको कारण नेपालमा उचार सम्भव नभएको अस्पतालको भनाइ छ ।

सांसद भण्डारी र उनीकी आमा हरिकला भण्डारी गम्भीर जलन भई कीर्तिपुर अस्पतालको आकस्मिक विभागमा हिजो राती १०:३० बजे उपचारका लागि पुगेका थिए । आमालाई सिभिल अस्पताल हुँदै करिब एक घण्टा पछि अस्पताल पुर्याइएको थियो ।