१४ बैशाख २०८१, शुक्रबार 1714145741
Banner

पूर्वीय प्रेम, शिव—पार्वती प्रणयको सान्दर्भिकता

शिव पार्वती प्रेम, सर्व प्राचीन रुप
सृष्टि,स्थिति, प्रणयको धेरै महत्व

आरम्भ
शिव र पार्वती प्रणय संसारको सर्व प्राचीन, बहुआयामिक अर्थ र अहं महत्वको रहेको छ । यो प्रणय यौनिक प्रेममा मात्र सम्बन्धित छैन । यो प्रेम सृष्टि, स्थिति र प्रणयको प्रतीक हो, आदर्श प्रेम हो । तर सैनिकहरुले प्रेम र विवाह गर्नु भनेको धर्म विरुद्ध हो भन्ने प्रतिबन्ध विरुद्ध एक भेलेन्टाइन नामका सैनिकले विद्रोह गरे र उनले प्रेम र विवाहको अभियान नै सञ्चालन गरे वापत उनलाई २०७० फेब्रुवरी १४ का दिन मृत्यु दण्ड दिइयो । यसैलाई आधार बनाएर पश्चिमा जगत्ले भेलेन्टाइन वा प्रणय दिवस मनाउन थाल्यो । हामी नेपाली पनि बहकाउमा लागेर शिव र पार्वती प्रणयमा अन्तर्निहित उदात्त तथा उन्नत प्रेम वा प्रणयलाई बेवास्ता गरिरहेका छौँ ।

पूर्वीय प्रेम र प्रणय

पूर्वीय प्रेम र प्रणय बहुआयामिक महत्वको रहेको देखिन्छ । सर्वे भवन्तु सुखिनः अर्थात् सर्वजनको हित, विश्व शान्ति ् सबै प्राणी र वनस्पति जगत्लाई आफ्नै आत्मा सरह माया गर जस्ता अमूल्य प्रणय, ( सर्व भूतेषु आत्मवत्…) पूर्वीय धर्म र संस्कृतिमा मात्र निहित छ । जल, जमिन, आकास,वायु शान्ति र प्रेम ( द्यौ शान्ति…) वैदिक सनातन वा हिन्दू लगायत धर्ममा व्यक्त भएको पाइन्छ । त्यसरी नै संसारको सर्व प्राचीन, बहुआयामिक तथा समृद्ध सृष्टि, स्थिति र प्रणयको प्रतीक शिव र पार्वती आदर्श सम्बन्ध पूर्वमा मात्र पाइन्छ । पत्नीलाई अर्धाङ्गिनी भन्नु,दुई आत्माको मिलन भन्नु,अर्धनारीश्वर जस्ता सकारलाई स्वीकार पनि गर्नुपर्छ जस्ता मान्यता प्रणय सम्बन्धी मान्यता अझै ओझेल पनुृ र पार्नु दुर्भाग्य हो । हामीले हाम्रा उपयोगी तथा महत्वपूर्ण धार्मिक सांस्कृतिक मान्यतालाई कि भक्ति मात्र गर्न जान्यो । यो मार्ग धेरै सजिलो मार्ग हो । कुनै पनि मान्यता, मूल्य र मूल्यवान् विचार र व्यक्तित्वको भजन, कीर्तन, पूजा,आजा तथा बढाइँ ग¥यो,ढोग्यो । तर ती मूल्य, मान्यता,विभूति र वैभवका आदर्श चरित्र र चिन्तनलाई आफूले आफ्नो जीवनमा उतार्नु परेन आत्मसात् गर्नु परेन । अर्थात् भक्ति गरे भयो कर्म गर्नै परेन । यसरी कसरी असल संस्कृति जनसमक्ष प्रवाहित र स्थापित हुन्छ र ? हुँदैन ।

शिव पार्वतीको प्रणय भिन्न संस्कृति, जाति, धर्म, नश्ल र समुदायका बीचको अपूर्व मिलनको तथा जैविक एकताको प्रतीक हो । यस खालको गौरवशाली पक्ष र प्रसंगलाई बिर्सिएर भेलेन्टाइनका पछि आँखा चिम्लेर दगुर्नु किमार्थ जाती हुँदैन ।

वैदिक सनातन धर्म र संस्कृति बहुआयामिक उदात्त प्रेम र प्रणयका दृष्टिले महानम रहेको छ । त्यहाँ नितान्त निजी जीवनलाई प्रेम गर्ने होइन समग्र जीवन जगत् प्रतिको प्रेम अभिव्यक्त रहेको देखिन्छ । हाम्रो प्रणय संस्कृति पाँच हज्जार वर्ष पुरानो रहेको छ । पश्चिमा सभ्यता,संस्कृति,धर्म र परम्पराको इतिहास २५ सय वर्षअघि भन्दा बढी जाँदैन । अनुसन्धानबाट यही पुष्टि भएको छ । संसारमा सबैभन्दा पुरानो धर्म,संस्कृति र समृद्ध परम्परा हुँदाहुँदै पनि हामी नै यसबाट राम्ररी परिचित छैनौ कि भनेजस्तो छ । हामी हाम्रै संस्कृति र सभ्यताका उदात्त पक्ष र प्रसंगहरुलाई समयमै चिरिहेका छैनौँ । यस समृद्ध संस्कृतिलाई धर्मका नाममा कि हामीले पूजा गर्न मात्र जान्यौँ कि लुकाएर राख्यौँ अनि अनेक खालका आडम्बरी प्रवृत्तिका कारण उपेक्षा जस्तै गरेर राख्यौँ । मातृ देवो भवः अर्थात् आमालाई देवता सरह मान वा सम्मान गर भनिएको छ । यो उदात्त चेतना संसारमा सबै भन्दा पहिलो पूर्वीय सभ्यतामा उल्लेख भएको हो ।


शिव पार्वती प्रणय
शिव र पार्वतीको विवाह वा प्रेमलाई विभिन्न सन्दर्भबाट हेर्न सकिन्छ । मागी विवाह, अनमेल तथा बाल विवाह जस्ता परम्परा विरुद्ध शिव र पार्वतीको प्रणय सम्बन्ध अवगत हुन्छ । मन परेको प्रेमी वा पतिका लागि जतिसुकै कठोर स्थिति सामना गर्ने कुरा पनि त्यहाँ त्यस विवाहमा पाइन्छ । यो प्रेम विवाह संसारकै उदाहरणीय सर्व प्राचीन प्रणय भनिन्छ ।


संस्कृति कुनै पनि देशको महत्वपूर्ण मौलिक गुदीदार पक्ष हो,यही कुनै पनि देशको मूल परिचय हो र तिनमा रहेका सकारात्मक पक्षहरुको जगेर्ना गर्दै तिनलाई समयानुकूल परिष्कार र परिमार्जन गर्दै जानु पर्छ । परापूर्व कालदेखि विरसद स्वरुप प्राप्त भएका सांस्कृतिक मूल्यहरुलाई आवश्यक जगेर्ना गर्दै परिष्करणमा पनि ध्यान दिनुपर्छ । आफू चाहिँ संस्कृतिहीन जस्तो भएर सबै र सधैँ पश्चिमा संस्कृतिको अन्धदास हुनुहुँदैन ।

यस समृद्ध संस्कृतिलाई धर्मका नाममा कि हामीले पूजा गर्न मात्र जान्यौँ कि लुकाएर राख्यौँ अनि अनेक खालका आडम्बरी प्रवृत्तिका कारण उपेक्षा जस्तै गरेर राख्यौँ । मातृ देवो भवः अर्थात् आमालाई देवता सरह मान वा सम्मान गर भनिएको छ । यो उदात्त चेतना संसारमा सबै भन्दा पहिलो पूर्वीय सभ्यतामा उल्लेख भएको हो ।


शिव पार्वती जस्ता वैवाहिक परम्परालाई विकसित गर्न सकियो भने तमाम नेपालीका बीचको एकता जैविक एकताका रुपमा स्थापित भएर एकताको जगैदेखि बलशाली हुने छ । यसलाई व्यवहारमा उतार्न कठिन भए पनि असम्भव चाहिँ छैन । हिमाल,पहाड र तराई मधेसका नाममा हामी हामीमा हरतरहले फाटो ल्याउने प्रवृत्ति विरुद्धको यो एउटा अत्यन्त शक्तिशाली काम र कदम हुने निश्चित छ । आजको जस्तो हाम्रो सामाजिक,सांस्कृतिक तथा जातीय सम्प्रदायिक समाजमा शिव र पार्वतीको विवाहको महान् अर्थ निहित छ । यो विवाह भिन्न संस्कृति,जाति,धर्म,नश्ल र समुदायका बीचको जैविक एकताको प्रतीक हो । यस खालको गौरवशाली पक्ष र प्रसंगलाई बिर्सिएर भेलेन्टाइनका पछि आँखा चिम्लेर दगुर्ने नेपाली समाजको प्रतिनिधि पात्रहरुलाई समेत आबद्ध गरेर हामीले आधुनिक विवाहको उपक्रमलाई व्यापक बनाउन सक्यौँ भने सुनमा सुगन्ध हुने देखिन्छ । यस्ता कामले नेपालीहरुका बीच अनेकतामा एकता,आत्मीयता तथा परस्पर घनिष्ट मैत्री सम्बन्ध स्थापित र सुदृढ बनाउने देखिन्छ ।
प्रणय,प्रेम र विवाह
विवाह नर र नारी,युवा र युवतीका बीचको प्रणय हो । यो मानव संस्कृतिको अत्यन्त महत्वपूर्ण र सामान्यतया अपरिहार्य पक्ष पनि हो । यस खालको प्रक्रिया समग्र जीव,जीवन तथा जगत्को नैसर्गिक पक्ष हो । यसलाई मानव संस्कृति भित्रको अत्यन्त महत्वपूर्ण संस्कार विधि अन्तर्गत राखिन्छ । आदिम अवस्था देखि हाल सम्मको यो मानव सभ्यतामा विवाह सम्बन्धी अनेक पद्धतिहरु स्थापित,परिमार्जित तथा पुनर्निर्मित तथा विकसित हुँदै गएको पाइन्छ । दास प्रथा,सामन्ती,पुँजिवादी र समाजवादी आदि हरेक चरणहरुमा विवाह सम्बन्धी मान्यताहरु अनेक देखिन्छन् । पूर्वीय वा वैदिक सनातन वा हिन्दू धर्म र संस्कृतिले पनि विवाह सम्बन्धमा आआफ्नै खालका आदर्शहरु स्थापित गरेको देखिन्छ । विगत कालमा जे जस्ता सामाजिक सांस्कृतिक अवस्था थिए,त्यही अनुसार विवाह सम्बन्धी मान्यता स्थापित र विकसित बने । तिनलाई धारे हात लगाएर सराप्नु भन्दा त्यस काल खण्डको त्यो सामाजिक चेतना अनुसार निर्मित संस्कार र संस्कृतिको समीक्षा गर्दै अबको दुनियाँमा यसमा के कस्ता सुधार र परिमार्जन गर्नु पर्छ भन्ने कुरा चाहिँ सबैभन्दा अहं सबाल हो । हिन्दू संस्कार अनुसार गरिएका गरिएका विवाह परम्परामा पनि सकारात्मक पक्ष रहेको देखिन्छ । तिनलाई समग्र निषेध गर्ने अद्वन्द्ववादी तरिका किमार्थ अपनाउनु हुँदैन । निषेधको निषेधले पनि सकारात्मक पक्षको संरक्षण र सम्बर्धन गरेर समुन्नत अवस्थातिरको यात्रा सुरु गर्नुपर्छ भन्छ ।

जतिखेर एकनिष्ठ विवाह प्रचलनमा आएको थियो त्यही बेला दास प्रथा प्रचलनमा रहेको थियो । तथापि सुन्दर दासीहरु प्रायः स्वामी पुरुषका सम्पत्ति मानिन्थे । यति लामो अन्तरालमा पनि एक निष्ठ वा एक पत्नी विवाहमा अहिले पनि विगतको विसङ्गति अझै विद्यमान रहेको देखिन्छ । मुखले एक निष्ठ भन्ने,अनि यसैका आधारमा पतिव्रता धर्मको वकालत गर्ने तर पत्नीव्रताको कुरै नउठाउने प्रवृत्ति रहेको छ । यस विवाहलाई मातृसत्ताको पराजय र पितृ सत्ताको विजयका रुपमा पनि हेर्ने गरिएको छ । तर समयको परिवर्तन सितै सामन्ती तथा पुँजिवादी समाजका कारण अनेक खालका असमानता,अन्याय,अनधिकारहरुलाई घटाउँदै र हटाउँदै गएको देखिन्छ । यसका लागि पहिलो विषय महिला र पुरुषका बीच विद्यमान असमानता हटाउने शिक्षाको कुरा थियो । माक्र्सवादी दृष्टिकोणका आधारमा यस खालका अनेक असमानताहरु हटाउँदै जाने वैचारिक सैद्धान्तिक उद्घोष सुरु हुन थाल्यो । यही विचार र मान्यताले समाजमा प्रभाव फैलाउँदै गयो । यसमा समाजवादी सोचका महिलाहरु समानताको हकका लागि संघर्षरत हुनाको परिणाम अहिले महिलाहरुले नेपालमा नै पनि पुरुष सरह समान अधिकार पाउने अवस्था सुरु भएको देखिन्छ । यसैका प्रभाव,प्रेरणा वैचारिक प्रहारबाट बालविवाह,अनमेल विवाह,बहुविवाह लगायत अनेक खालका असमानता र चरम विभेदहरु घट्तै छन् र क्रमशः हट्ने अवस्थामा रहेको देखिन्छ तर पनि नेपालमा अहिले पनि १८ औँ शताब्दीका अवशेषहरु पनि विद्यमान छन् भने पुरुष सरह पूर्ण समानताको अवस्था पनि सुरु हुन थालेको देखिन्छ ।


भेलेन्टाइन पश्चिमा प्रणय
सन् तेस्रो शताब्दीका सैनिक सेवामा रहेका एक व्यक्तिको नाम पादरी सेन्ट भेलेन्टाइन हो । उनले तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिकहरुलाई प्रेमिकासित गरिने प्रेम र विवाहलाई कडा रुपमा गरिएको निषेधाज्ञालाई खुल्ला विरोध गरे । सम्राट्ले सैनिकहरुले पे्रम र विवाह गर्नु भनेको धर्म विरुद्ध हो भन्ने मान्यताका विरुद्ध भेलेन्टाइनले सार्वजनिक स्थानमा सेनाहरुको विवाह गराए । यही कारण इशाको २०७० फेब्रुवरी १४ का दिन भेलेन्टाइनलाई मृत्युदण्ड दिएको घटना सित भेलेन्टाइन र वा प्रेम दिवसका रुपमा नेपालमा पनि सुरु भएको देखिन्छ । तर नेपालीहरुलाई नै संसारको सर्व प्राचीन पूर्वीय सभ्यता,धर्म र संस्कृतिमा निहित उदात्त तथा उन्नत चेतको सर्वप्रचीन प्रेम वा प्रणयलाई कत्ति पनि नबुझेको देखिन्छ र ती पश्चिमा संस्कृतिका पछि लहैलहैमा लागेर आफ्नो भौलिक पक्ष भुल्दै गएको विषय चाहिँ धेर चिन्ताको विषय रहेको छ ।
कुनै पनि समाजलाई आमूल परिवर्तन गर्ने मूलभूत पक्ष संस्कृति हो । समाज परिवर्तनसँगै तदनुसार स्वस्थ्य,समुन्नत,समानतावादी र वैज्ञानिक संस्कृतिको आरम्भ र विकास नगरी कुनै पनि समाज समग्रमा परिवर्तित हुन सक्तैन । कम्युनिष्टहरुले भनेझैँ समाजको उपरि संरचनामा मात्र परिवर्तन भएर हुँदैन । यसको आधारभूत संरचनामा पनि बदलाव अपरिहार्य हुन्छ । सामन्तवादी सांस्कृतिक अवशेषमा रमाएर संघीय लोकतन्त्रिक गणतन्त्र सुदृढ हुन सक्तैन । त्यस्तै पश्चिमा पुँजिवादी साम्राज्यवादी विकृतिमा रमाएर उन्नत,सुखी र समृद्ध समाज किमार्थ निर्माण हुनसक्तैन । मनका मैलाहरुले समाजलाई आन्तरिक रुपमा सुकिलो बनाउन सक्तैनन् । खोटी मन,मस्तिष्क,चिन्तन र चरित्रबाट सग्लो र सुन्दर समाज निर्माण हुनै सक्तैन । त्यसैले समाजको गुणात्मक फड्को मार्ने विवाह जस्ता समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्कृति र संस्कार जस्ता विषयहरु सर्वोपरि महत्वको विषय हो ।

प्रगतिशील तथा जबज क्षेत्रमा संस्कृति र सांस्कृतिक रुपान्तरण गर्ने र गराउने दिशामा किन कलमलाई उत्साहित गरिन्न ? राय बझाउन नसक्ने, आवश्यक प्रतिवाद पनि गर्न नसक्ने हो भने सही विचार र संस्कृति कसरी समाजमा प्रवाहित हुन्छ र स्थापित हुन्छ ? कुराले मात्र त चिउरा भिन्दैन होला नि कमरेड !


हामी नेपाल समाजमा रहेका छौँ । विवाह सम्बन्धी मान्यता परिवर्तन गर्दा समाजमा कलात्मक हस्तक्ष्ोपका साथ मात्र गर्नु पर्छ । अनि सकेसम्म सबैको अपनत्व बोध हुने गरी र सबैको प्रत्यक्ष वा परोक्ष समर्थन हुने गरी गर्दा आम मानिसको मानसिकता तदनुसार बन्न सक्छ र रुपान्तरण अझ सहज हुन्छ । रुपान्तरणमा स्रष्टा,लेखक विश्लेषक तथा विचारकको महान् भूमिका हुन्छ तिनले अग्रगामी विचार र संस्कृति प्रवाह गर्छन् र पो सुविचार समाजमा प्रवाह हुन्छ । यति कुरा ध्यान दिन सके कति जाती हुन्थ्यो । विपक्षीहरुले संगठित र सुनियोजित रुपमा कुविचार प्रवाह गरेर एमाले र ओली विरुद्ध तीर चलाइरहेका छन् तर त्यस्ता तीरलाई निस्तेज गर्ने शक्ति उत्साहित गर्ने काम किन हुँदैन । प्रगतिशील तथा जबज पक्षधर क्षेत्रमा संस्कृति र सांस्कृतिक रुपान्तरण गर्ने गराउने दिशामा किन कलमलाई उत्साहित गरिन्न ? राय बझाउन नसक्ने, आवश्यक प्रतिवाद पनि गर्न नसक्ने हो भने सही विचार र संस्कृति कसरी समाजमा प्रवाहित र स्थापित हुन्छ ? केवल कुराले त चिउरा भिज्दैन होला । कलात्मक हस्तक्षेप गर्ने कुरा धेरै परकै कुरा भयो ।

(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभागका प्रमुख हुनु्हुन्छ )