२३ बैशाख २०८१, आईतवार 1714941908
Banner

यातायात मजदुरसंग आज विहान वार्ता हुँर्दै

काठमाडौं । सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ।

आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरेको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए।

ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरले आगजनी तथा तोडफोड गरेका हुन्।

आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्डलगायतका संरचनामा समेत आगो लगाएका थिए।